सुरक्षामा बजेट विनियोजन गर्दा कञ्जुस्याइँ नगरियोस् : गृहमन्त्री बादल

समृद्ध नेपाल : सुखी नेपालीको लक्ष्य पूरा गर्न पनि सुरक्षा क्षेत्रमा पर्याप्त बजेट बिनियोजन गरिनुपर्ने

गृहमन्त्री रामबहादुर थापा
प्रकाशित : :

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आगामी बजेटमा कन्जुस्याइँ नगरी सुरक्षा क्षेत्रमा बजेट विनियोजन गरिनुपर्ने बताएका छन् ।

आज गृहमन्त्रालयमा आर्थिक वर्ष २०७७/७८को दोस्रो चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा गृहमन्त्री थापाले समृद्ध नेपाल : सुखी नेपालीको लक्ष्य पूरा गर्न पनि सुरक्षा क्षेत्रमा पर्याप्त बजेट बिनियोजन गरिनुपर्ने बताएका हुन् ।

सुरक्षामा गरिने लगानी जनताको सुरक्षा र स्वाधिनतासँग जोडिएको बताउँदै गृहमन्त्री थापाले सुरक्षामा लगानी गर्न लोभ गर्न नहुने बताए । उनले भने, ‘तथ्याङ्कले सीमामा बीओपीको संख्या थप्दा चोरी, तस्करी नियन्त्रण हुने र त्यसले समग्रमा ठूलो मात्रामा राजस्व वृद्धि भएको देखाएको छ । यसले पनि सुरक्षामा गरेको लगानी खेर जाँदैन भन्ने देखाउँछ ।’

गृह मन्त्रालय र सोअन्तर्गतका निकायहरूको दोस्रो चौमासिक अवधीसम्मको प्रगति विवरण सन्तोषजनक रहे पनि पर्याप्त नरहेको बताउँदै कार्यशैली परिमार्जन गर्न गृहमन्त्रीले कर्मचारीहरूलाई निर्देशन दिए ।

उनले भने, ‘हामीले तोकिएका हाम्रा लक्ष्यहरू किन समयमै पूरा गर्न सकेनौँ, कोभिडका कारणले सम्पन्न हुन नसकेको विषयमा ठीकै छ तर लापर्बाहीपूर्वक ढिलो गरिएका विषय क्षम्य हुन सक्दैन ।’

बैठकमा गृहसचिव महेश्वर न्यौपानेले गृह मातहतका निकायहरूको दोस्रो चौमासिक अवधीसम्म पूँजिगत खर्च कम भएको तथा बेरुजु फछ्र्यौट कम भएको भन्दै त्यसमा गुणत्मक परिवर्तन हुनेगरी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए ।

बैठकमा गृह मन्त्रालयअन्तर्गतको नीति, योजना तथा कार्यक्रम महाशाखा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अध्यागमन विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, कारागार विभागलगायतका निकायले आफ्नो चौमासिक कार्यप्रगति विवरण पेश गरेका थिए । बैठकमा राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयका प्रतिनिधिसमेत सहभागी थिए ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट