सरकारमा रहेका माओवादीका ४ सांसदको पद गयो !

अर्को दलको केन्द्रीय कमिटी सदस्य पद स्वीकार

चार सांसद माओवादी केन्द्रबाट निष्कासित
प्रकाशित : :

केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका माओवादी केन्द्रका चार जनाको सांसदको पद गुमेको छ । माओवादी केन्द्रले बुधबार संसद सचिवालयमा दल त्यागको सूचना दिएपछि बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बढेर सुनाएका थिए ।

सांसद पद गुमाउनेमा मन्त्रीहरु लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी र गौरीशंकर चौधरी रहेका छन् । प्रतिनिधि सभा बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादी केन्द्रले मन्त्रीहरु लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी र गौरीशंकर चौधरीलाई पार्टीबाट हटाएको जानकारी गराएको थियो ।  उनीहरु २०७४ सालको चुनावमा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । पछिल्लो पटक उनीहरु नेकपा एमालेमा प्रवेश गरेका थिए ।

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता देव गुरुङले संघीय संसद सचिवालयमा पार्टीको कार्यकारी समितिको बैठकको निर्णय समावेश गरी आफ्नो दलका ४ प्रत्यक्ष निर्वाचित सांसदहरु टोपबहादुर रायमाझी, प्रभू शाह, लेखराज भट्ट र गौरीशंकर चौधरीले अन्य दलको गतिविधिमा संलग्न भएको सूचना दिएका थिए ।

सभामुख सापकोटाले अर्को दलको केन्द्रीय कमिटी सदस्य पद स्वीकार गरी दल त्याग गरेको देखिएकोले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ को उपदफा १ बमोजिम दल त्याग गरेको सूचना दिएकोले ती ४ सांसदको पद रिक्त भएको राजनीतिक दलसम्बन्धी दफा ३५ को उपदफा १ बमोजिम र प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१२ को उपनियम १ बमोजिम पद रिक्त भएको सभालाई जानकारी गराएका हुन् ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट