गगन थापालाई महेश बस्नेतको जवाफ: ‘बोकाले दाइँ हुँदैन गोरु नै चाहिन्छ’

'आइ हेट पोलिटिक्स' भन्‍नेहरु 'लभ यु केपी बा' भन्‍न थालेका छन्

नेकपा एमालेका नेता महेश बस्नेत
प्रकाशित : :

काठमाडौं: एमाले सांसद महेश बस्नेतले कांग्रेसका सांसद गगन थापालाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएर बालहठ प्रदर्शन गरेको बताए । बिहिबार प्रतिनिधिसभाको बैठकमा गगन थापाले प्रधानमन्त्री ओलीलाई उद्घाटनको तमासा गरेको भन्दै कति विकास भयो छुट्टै बसेर बहस गर्न चुनौती दिएका थिए ।

सांसद बस्नेतले २०७४ सालको चुनावमा एमालेलाई जनताले बहुमत दिएको र कांग्रेसले प्रत्यक्षमा २३ सिट मात्र जितेर समानुपातिकबाट ६३ सिट ल्याएको उल्लेख गर्दै भने– ‘प्रधानमन्त्रीलाई चुनौती दिएर बालहठ गर्ने कांग्रेसका साथीहरुलाई म के भन्न चाहन्छु भने यो बोकाको शैलीले दाई गरिँदैन दाई गर्नका लागि गोरुकै शैली चाहिन्छ । अहिले प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको हैसियतमा नेकपा एमालेले प्रतिनिधित्व गर्छ । प्रधानमन्त्रीले ल्याएका योजनाहरुलाई सके सहयोग गरौँ नसके वस्तुनिष्ठ ढंगले विश्लेषण गरौँ ।’

उनले त्रेता र द्वापर युगमा समेत रावण र कंश प्रवृत्ति रहेको भन्दै अहिले प्रधानमन्त्री ओलीले त्यस्ता प्रवृत्तिलाई परास्त गर्दै राजनेताको रुपमा अघि बढेको दावी गरे । उनले रानीपोखरी बनेको कुराले भानु स्कुल बनेको कुराले एकैदिन ३ सय ९६ अस्पताल शिलान्यास भएको कुराले किन टाउको दुख्दैछ भन्दै प्रश्न गरे ।

विगतमा जाँचिएका असफल भएका नेताहरुका चेलाहरूले संसदलाई प्रभावकारी ढंगले चल्न नदिएको आरोप लगाए ।  उनले राजनीतिक अस्थिरता, अन्यौलता र विभाजनको स्थिति बढेको अहिलेको अवस्थामा सदन अस्वस्थ खालको बहस चलाउन थालेको दावी गर्दै प्रधानमन्त्री ओलीको जबर्जस्ती राजीनामा माग गर्दै गलहत्याउने कुरा पनि भइरहेको उल्लेख गरे ।

उनले प्रधानमन्त्री संसद बैठकमा आएका दिन बैठक बस्न आलटाल गर्ने गरेको दावी समेत गरेका छन् । १ महिनामा ६ पटक बैठक बस्दा फागुन २३ गते संसदमा प्रधानमन्त्री ओली १ घण्टा बसेर फर्किएको, दोश्रो बैठकमा ४५ मिनेट बसेर फर्किएको, तेश्रो बैठकमा ३० मिनेट बसेर फर्किएको बताउँदै जुन दिन प्रधानमन्त्री बैठकमा आए त्यो दिन सभामुख लगायत कार्यव्यवस्था परामर्श समितिको बैठकले आलटाल र ढिलासुस्ती गरेको सांसद बस्नेतको दावी छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट