धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले धनगढीमा थप ५० शैया कोरोना अस्पतालको शिलान्यास गरेको छ । सोमबार सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले कोरोना अस्पतालमा थप ५० शैयाको कोरोना अस्पतालको शिलान्यास गरेका हुन् ।
धनगढी उप-महानगरपालिका–१ मा रहेको वडा प्रहरी कार्यालयको विपरीत दिशातर्फ रहेको कोरोना अस्पतालमा थप ५० शैयाको अस्पतालको शिलान्यास गरिएको छ ।
कोरोना भाइरस बढ्दो अवस्थालाई ध्यानमा राख्दै चालू आर्थिक वर्ष अगावै निर्माण कार्य पूरा गर्न कार्यालय प्रमुख तथा निर्माण कम्पनीलाई मन्त्री सुवेदीले निर्देशन समेत दिएको सामाजिक विकास मन्त्रालयको सचिवालयले जनाएको छ ।