२ वर्ष सेवा बन्द गरेको सौर्य एयरलाइन्सले १८ गतेबाट पुनः धनगढी-काठमाडौँ नियमित उडान गर्ने

अन्य जहाज भन्दा १५ देखि २० मिनेट छिटो उड्ने

सौर्य एयरलाइन्स
सौर्य एयरलाइन्स
प्रकाशित : :

धनगढी: सौर्य एयरलाईन्सले पुनः धनगढी देखी काठमाडौँसम्मको उडान सेवा सञ्चालनमा ल्याउने भएको छ ।

बिभिन्न समस्या कारण २ बर्ष उडान सेवा बन्द गरेको एयरलाईन्सले यही बैशाख १८ गतेबाट पुनः नियमित उडान गर्ने पत्रकार सम्बेलन मार्फत जानकारी गराएको हो । सौर्य एयरलाईन्सले २०१८ देखी फाइनान्सीयलको समस्या, कोभिड १९ का कारण धनगढी-काठमाडौँ उडान सेवा बन्द गरीएको थियो ।

यात्रुको चाहाना अनुसार एयरलाईन्सलाई पुनः नियमित उडानमा ल्याउन लागेको एयरलाईन्सका बजार ब्यवस्थापक मुकेश खनालले जानकारी दिए ।

उनका अनुसार ५० सिट क्षमताको एउटा जहाजबाट आन्तरिक उडान सुरु गरेको सौर्यले क्यानडामा निर्मित ‘crj  २०० जेट जहाज’ पुनः सञ्चालनमा ल्याउने छ । अन्य जहाज भन्दा सो जहाज १५ देखि २० मिनेट छिटो उड्ने र सुरक्षितका साथै सुबिधा सम्पन्न जहाज मानिएको एयरलाइन्सले जनाएको छ । धनगढी देखी काठमाडौँको भाडादर ५ हजार कायम गरिएको छ ।

आगामी दिनमा बिराटनगर देखी धनगढी तथा अन्य ठाउँबाट धनगढी उडाई यात्रा सञ्चालनमा ल्याउने योजना एयरलाईन्सको छ । एयरलाइन्सले हाल काठमाडौंदेखि नेपालगञ्ज, विराटनगर,भद्रपुर र भैरहवासम्म हवाई सेवा सञ्चालन गरिरहेको बजार ब्यवस्थापक खनालले जानकारी दिए ।

 

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट