गड्डाचौकी पुलबाट महाकालीमा हाम फालेकी नेपाली महिलाको भारतीय प्रहरीद्वारा उद्धार !

घरेलु समस्याका कारण आत्महत्याको प्रयास

महाकालीमा हाम फालेकी नेपाली महिलाको भारतीय प्रहरीद्वारा उद्धार
प्रकाशित : :

कञ्‍चनपुर: महाकालीमा हाम फालेकी महिलाको भारतीय प्रहरीले उद्धार गरेको छ । महाकाली पुलबाट आइतबार ४ः३० बजे हाम फालेकी नेपाली महिलाको भारतीय क्षेत्रतर्फको चौकीका जल कन्सटेबल प्रताप गढियाले ती महिलाको उद्धार गरेका हुन् ।

नदीको गहिराइ अधिक भए पनि ती प्रहरी कन्सटेबलले आत्महत्याको प्रयास गरेकी महिलाको सकुशल उद्धार गरेको गढीयाले बताएका छन् । कञ्‍चनपुरको दोधारा चाँदनी वडा नम्बर-६ निवासी सरस्वती नाम बताउने ती महिलाले घरेलु समस्याका कारण आत्महत्याको प्रयास गरेको भारतीय प्रहरीले जानकारी दिएको छ ।

ती महिलालाई उद्धार गरिएको बारे नेपाल प्रहरीलाई पनि जानकारी गराएर उनका भाइ सागरको जिम्मा लगाइएको ईलाका प्रहरी कार्यालय गड्डाचौकीका ईन्चार्ज जीवन गुरूङले जानकारी दिएका छन् ।

कञ्‍चनपुर प्रहरी प्रवक्ता डीएसपी अमरबहादुर थापाले ती महिलाको अवस्था सामान्य रहेको र उनलाई परिवारका सदस्यको जिम्मा लगाइएको पुष्टि गरेका छन् ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट