आज चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०७८ मनाइँदै !

औपचारिक रुपमा सार्वजनिक हुँदै नागरिक एप

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
प्रकाशित : :

धनगढीः आइतबार चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदैछ । दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक भर्चुअल कार्यक्रमको आयोजना गरेको छ । मन्त्रालयका अनुसार विहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कार्यक्रमको सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

दिवसकै अवसरमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले शुभकामना सन्देश जारी गरेका छन् । ‘चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०७८’ का शुुभकामना सन्देश जारी गर्दै मन्त्री गुरुङले सबैलाई सूचना प्रविधिसँग जोड्दै ‘समृद्ध नेपाल ः सुुःखी नेपाली’ को राष्ट्रिय सङ्कल्पलाई पूरा गर्ने सरकारको लक्ष्य रहेको बताए।

मन्त्री गुरुङले आधुनिक युुगको मागअनुसार हरेक क्षेत्रलाई सूचना तथा सञ्चार प्रविधिसँग जोड्दै “समृद्ध नेपालः सुुःखी नेपाली”को राष्ट्रिय संकल्पलाई पूरा गर्नेतर्फ सरकारले लक्ष्य लिएको जानकारी दिए ।

मन्त्री गुरुङले सूचना प्रविधि मैत्री नेपाल निर्माणका लागि सरकारले अनलाइनबाटै सबै सरकारी सेवा नागरिकलाई प्रदान गर्न ‘नागरिक एप’ सञ्चालनमा ल्याएको उल्लेख गरेका छन् । सूचना प्रविधि क्षेत्रको दुरुपयोग हुन नदिन तथा सूचना प्रविधि क्षेत्रको विकासमा सहज पहुुँच पुर्‍याउन सरकारले संसदमा ‘सूचना प्रविधि विधेयक’ पेश गरेको गुरुङले उल्लेख गरेका छन् ।

‘सूचना महामार्ग’ निर्माण र विस्तारको कामलाई प्राथमिकताका साथ अघि बढाइएको, सबै स्थानीय तह, वडा कार्यालय, सामुदायिक शिक्षण संस्थाहरु, स्वास्थ्य केन्द्रसम्म सूचना प्रविधि पूर्वाधारको पहुुँच सुनिश्चत गर्ने र ती स्थानहरुमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पुर्‍याउनेको लागि पनि बजेटको व्यवस्था गरेको भन्दै मन्त्री गुरुङले सूचना प्रविधिको क्षेत्रमा नेपालले ठूलो फड्को मारिसकेको बताएका छन् ।

प्रत्येक स्थानीय तहमा सूूचना प्रविधि केन्द्र स्थापना र सञ्चालन गर्ने गरी नीति, कार्यक्रम र बजेटको व्यवस्था गरेको छ । दूर सञ्चार सेवालाई गुुणस्तरीय बनाउन फाईभ जी परीक्षणको काम अगाडि बढाइएको र साइबर अपराध नियन्त्रण, साईबर सुरक्षा र सरकारी डाटा सेन्टरको सुरक्षा अतिसंवेदनशील विषय भएकाले यसको सुरक्षामा विशेष ध्यानदिइएको उनले बताएका छन् ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट