कोरोना संक्रमणबाट कैलालीका ५ र कञ्चनपुरका १ जनाको ज्यान गयो

कोरोना संक्रमित
प्रकाशित : :

कैलाली: दोश्रो चरणको कोरोना भाइरसको संक्रमणका कारण कैलालीमा थप ६ जनाको ज्यान गएको छ । कोरोना सक्रमणबाट कैलालीका ५ र कञ्चनपुरका १ जनाको ज्यान गएको हो ।

टीकापुर अस्पतालका कोरोना सम्पर्क व्यक्ति डाक्टर रमेश प्रसाद उपाध्यायले दिएको जानकारी अनुसार उपचारका लागि भर्ना भएका दुई जनाको मृत्यु भएको छ । एकजनाको इमरजेन्सी वार्ड र अर्का संक्रमितको एचडियु उपचार कक्षमा ज्यान गएको हो ।

उता, जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले हाम्रोपत्रलाई दिएको जानकारी अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ७२ वर्षीय पुरुष र वडा नम्बर ८ का ५८ वर्षीय पुरुषको मृत्यु भएको सूचना अधिकारी जोशीले बताए ।

दम सम्बन्धी समस्या भएका ७२ वर्षीय पुरुषको मंगलबार ८ बजेको समयमा उपचारका क्रममा मृत्यु भएको हो भने श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका ५८ वर्षीय पुरुषको मंगलबार साँझ ७ बजेको समयमा मृत्यु भएको हो ।

यस्तै कैलालीको गौरीगंगा नगरपालिका १ का ३५ वर्षीय पुरुषको र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ का ३५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट