हामीले बाल्यकालमा कितावमा मयुरको प्वाख राख्थ्यौँ, आज ७ फाइदा थाहा पाउनुहोस् !

मयुर प्वाख
प्रकाशित : :

मयुरको प्वाख सुन्दर हुनुका साथै हिन्दु धर्मालम्बीबीच पवित्र मानिन्छ । तर किन मयुरको प्वाख पवित्र मानिन्छ होला ? यसबारे धेरैमा जिज्ञासा हुनसक्छ ।

हिन्दुमाझ मयुरको प्वाख पवित्र मानिनुमा प्रसंग भगवानसंग जोडिएर पनि हो । भगवान श्रीकृष्ण आफ्नो शिरमा मयुर प्वाख लगाउने गर्दथे । साथै भगवान विष्णु र देवी लक्ष्मीमा समेत प्रिय मानिन्छ । साथै गणेश र सरस्वतीलाई समेत यो प्रिय मानिन्छ । यतिमात्र होइन भगवान कार्तिकेयको वहान पनि मयुर नै हो ।

मयुर प्वाख जति सुन्दर मानिन्छ । त्यति नै यसलाई घरमा राख्दा पनि लाभ हुने धार्मीक मान्यता छ । यसलाई घरमा राख्दा ग्रह दोषदेखि वास्तु दोषसमेत निवारण हुने मान्यता छ ।

  • के-के छ त मयुर प्वाख घरमा राख्नुको फाइदा :

१. नकारात्मक ऊर्जालाई नष्ट गर्न घरको मुख्यद्धारमा मयुर प्वाख राखेर त्यस मुनि गणेशको प्रतिमा वा तस्बीर राख्न पर्दछ । यसो गरे घरमा सुख शान्ति प्राप्त हुने मान्यता छ ।

२. घरको पूजा कोठामा देवी देवताका साथै मयुरको प्वाख राख्नु अत्यन्त शुभ मानिन्छ । यसो गरे घरमा सुख–समृद्धि बनी रहने आर्थिक समस्या नहुने मान्यता छ ।

३. घरमा सकारात्मक ऊर्जा सञ्चार गराउन, परिवारका सदस्यबीचको समस्या नष्ट गर्न सम्बन्ध प्रगाढ बनाउन घरको बैठक कक्षमा मयुर प्वाख लगाउनु पर्दछ ।

४. प्रेमको प्रतीक पनि मानिने भएकाले वास्तुशास्त्र अनुसार २ वटा मयुर प्वाख बेडरूममा राख्नु पति पत्निका बीच आपसी तालमेल र प्रेम दिर्घायु हुने मान्यता छ ।

५. भगवान श्रीकृष्णको प्रिय बाँसुरीका साथ मयुर प्वाख राखेमा घरको वास्तु दोष निवारण हुने धार्मीक मान्यता छ ।

६. देवी सरस्वतीलाई समेत प्रिय मयुर प्वाख पढाई कमजोर भएका बालबालिकाको किताबका बीचमा रोखमा बालबालिकालाई पढाईमा रुची बढ्ने मान्यता छ ।

७. घरमा जुन ढुकुटीमा रुपैयाँ पैसा वा गरगहना राखिन्छ त्यहा मयुर प्वाख राखेमा आर्थिक स्थितिमा सुधार हुने विश्वास गरिन्छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट