नेपाल सुपर लिग : फाइनलमा पुग्ने लडाइँमा धनगढी र काठमाडौं

नेपाल सुपर लिग
प्रकाशित : :

कठमाडौं : नेपाल सुपर लिग (एनएसएल) मा सोमबारको ब्रेकपछि आजबाट प्ले अफका खेल सुरु हुँदैछन्। प्ले अफमा पुगेका टिम हुन् काठमाडौं रेजर्स एफसी, धनगढी एफसी, ललितपुर सिटी एफसी र बुटबल लुम्बिनी एफसी।

यि चार क्लबमध्ये आज शीर्षस्थानको काठमाडौंसँग दोस्रो स्थानको धनगढीले प्रतिस्पर्धा गर्दैछ। यो खेल दुवै टिमका लागि फाइनलमा पुग्ने सजिलो र सुनौलो अवसर पनि हो।

बल पोससनमा बलियो देखिएको काठमाडौं र काउन्टर अट्याकमा गोल गरिरहेको धनगढीबीच आजको खेल कस्तो देखिएला? पहिलो संस्करणको पहिलो प्ले अफमा यो प्रश्न सबैको मनमा जागेको छ।

त्यसैले काठमाडौं र धनगढीका कप्तान आ–आफ्नो टिमले जित निकाल्ने दावी गर्छन्। काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जनले ए डिभिजन लिगभन्दा एनएसएल व्यवसायिक भएका कारण खेलाडी उत्सहित भएको बताएका छन्।

‘खेलाडी उत्साहित छन्। त्यसैले यो खेल हामी जित्छौं भन्ने लागेको छ। खेल पनि राम्रो हुँदै गएको छ,’ उनले भने। काठमाडौंले पहिलो पाँच खेलबाट १३ अंक बनाएको थियो।

उसले लिग चरणमा एकमात्र हार बेहोरेको थियो। र, उसलाई जित्ने टिम धनगढी नै थियो। आज काठमाडौंलाई त्यो खेलको बलदा लिने अवसर पनि छ। त्यसैले काठमाडौंका कप्तान विकेश कुथु थप सचेत छन्।

आजको खेलमा प्ले अफमा बराबरीले मात्र नपुग्ने हुँदा दुवै टिमलाई जित निकाल्नै पर्ने छ। र, गोलपोस्ट र कप्तानको जिम्मेवारी लिन तयार रहेको बताउँछन्।

यता राष्ट्रिय टिमकासमेत कप्तान रहेका किरण चेम्जोङ धनगढीका पनि कप्तान हुन। उनी पनि प्ले अफका लागि तयार भएको बताउँछन्। काठमाडौंविरुद्धको पहिलो भिडन्तजस्तै आजको पनि भिडन्त हुने र जित्ने उनी बताउँछन्।

तर उनलाई थाहा छ आजको खेल कठिन छ। किनभने काठमाडौंले कुनै खेलमा औंषत प्रदर्श गरेको छैन। उत्कष्ट प्रदर्शन गरिरहेको छ। लिगको सुरुआतमा भन्दा पछिल्लो समय निकै बलियो देखिएको छ।

उसको फरवार्डदेखि मिडफिल्ड र डिफेन्स पनि राम्रो छ। त्यस्तै, काठमाडौंका कप्तान र धनगढीका कप्तान राष्ट्रिय टिमका गोलकिपर हुन्। त्यसैले उनीहरुबीच पनि आज को उत्कृष्ट भन्ने प्रतिस्पर्धा हुनेछ

प्रतियोगिताका दौरान दुवै खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै पेनाल्टी बलको समेत रक्षा गरेका थिए।

गोलकिपर बाहेक आजको खेलमा धनगढीका फरवार्ड ओलावाले अफिज र काठमाडौंका मेसुके ओलुमोउ केन्द्रमा रहनेछन्। मेसुके त प्रतियोगितामा ह्याट्रिक गर्ने एकमात्र खेलाडी हुन्। उनले अर्को बलियो टिम विराटनगरविरुद्ध ह्याट्रिक गरेका थिए।

आजको खेलमा जित निकाल्ने टिम फाइनलमा पुग्नेछ। पराजित हुने टिमले फाइनलमा पुग्नका लागि अर्को खेलमा जित निकाल्नु पर्नेछ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट