कञ्चनपुर: कञ्चनपुरमा गणतन्त्र दिवस तीन दिनसम्म भव्यताका साथ मनाइने भएको छ । जेठ १४, १५ र १६ गते गणतन्त्र दिवस मनाइन लागेको हो ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत कृष्णनन्द जोशीका अनुसार गणतन्त्र दिवसका आवसरमा जिल्लास्थित सबै सरकारी, सार्वजनिक कार्यालय एवं सामुदायिक सङ्घसंस्थाले राष्ट्रिय झण्डा एवं ब्यानर सजाइ कार्यालय र परिसरको सरसफाइ गर्ने कार्यक्रम तय गरिएको छ ।