जिन्दगी के हो मलाई केही थाहा थिएन, जिन्दगीमा रमाउँदै जाँदा डाँडा कडा घुम्दाघुम्दै एक गाउँले जीवनमा मेरो एकाएक परिवर्तन आयो म सोच्ने गर्थे हामी गाउँले के गर्न सक्छौ भारत गएर अर्काको दास भएर काम गर्नु पर्छ भन्ने मेरो धारणा थियो, मेरो परिवार एकदमै निम्न छ हामी सानै मान्छे हौ, परिवारमा मिल्नै गयौँ आमा बाबा सबै एक थियौ एकाएक दितिहरूको बिहे भयो अनि म एक्लै परे त्यसपश्चात् मलाई सत्मार्ग मा डोराउने सत्यको बाटोमा हिँडाउने मलाई हौसला दिने तिमि प्रयास गर भाइ अगाडि बढ्छौ भनेर प्रेरणा दिने प्यारो दाइ सुरेन्द्र साही विवेक प्रति मनैबाट नमन ।
दाइ हजुरले मलाई सधैँ सत्यको मार्गमा हिँड्ने प्रेरणा दिनु भयो म बाटोमा खेल्ने मान्छे काम गर्ने भय म ह्या को पढ्छ भनेर किताब फाल्ने मान्छे किताब पढ्ने भय जिन्दगीमा कहो काम गर्नलाई सधैँ हार खाने मान्छे म हार नखाने भय म सधैँ सत्यको बाटोमा हिँड्ने भय म त एक लाचार जिन्दगी बोकेर हिँडिरहेको मान्छे थिए मेरो जीवनमा एका एक यसरी परिवर्तन आउनु म दाइले गर्दा हो म मेरो दाइ प्रति सधैँ आभारी हुनेछु दाइ यो एक्लो भाइलाई कहिल्यै नबिर्सनु होला दाइ।
त्यो समय थियो जुन दिन मैले दाइलाई चिनेको समेत थिएन एकाएक दाइको फोन आयो दाइले म सँग गर्नु भयको कुराले मेरो मन मस्तिष्कमा गएर बस्यो मलाई हरेक क्षेत्रबाट हरेक ठाउँबाट सहयोग गर्दै जानु भयो धेरै कुराको सल्लाह म दाइबाट लिने गर्थे तर आज एका एक घटना घट्यो म एक्कासि अस्पताल पुग्नु पर्यो दाइलाई कति भन्ने कति तनाव दिने भनेर मैले दाइलाई केही भन्न सकिन मन धेरै रुङ्दै थियो मेरो आफ्नो दाइ भाइ त कोही छैनन् तर खोइ किन हो मलाई दाइले दिनु भयको त्यो अपार मायाले आफ्नै दाइ जस्तै लाग्न थाल्यो मैले मेरो दाइ प्रति सधैँ आभारी थिए, दाइले गर्नु भयको अपार मायाले म सधैँ प्रभावित भय सधैँ हुने छु पुनः दाइ हजुरको यो अपार माया म कहिल्यै बिर्सने छैन मेरो दाइ।
खगेन्द्र अबस्थि
कैलाली