कैलाली: कैलालीमा प्रहरीका लागि एक दिने निःशुल्क स्वास्थ्य परीक्षण ल्याब सञ्चालन गरिएको छ । बिहीबार सुदूर पश्चिमाञ्चल सामुदायिक अस्पतालमा अग्र पङ्क्तिमा रहेर काम गर्ने प्रहरी कर्मचारीहरूको स्वास्थ्य चेकजाँचका लागि शिविर सञ्चालन गरिएको हो ।
बिश्वमहामारीको रूपमा फैलिई रहेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणकाबीच पनि सेवा प्रवाह गर्दै आएका प्रहरी कर्मचारीहरू अन्य संक्रमण तथा रोगहरूबाट समेत बचाउ गर्न र सचेत रहनका लागी एक दिने स्वास्थ्य परीक्षण शिविर सञ्चलन गरिएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बिहीबार सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया कैलाली र सुदूर पश्चिमाञ्चल सामुदायिक अस्पताल अत्तरिया कैलालीको संयुक्त आयोजनामा र ग्लोबल आई.एम.ई.बैङ्क शाखा कार्यालय अत्तरिया कैलालीको प्रायोजनामा शिविर सञ्चालन गरिएको हो । शिविरबाट ६६ पुरुष तथा २ जना महिला प्रहरी कर्मचारी लाभान्वित भएका छन् ।