रोयल कोलाबोरेटिभ्सद्धारा गौरीफन्टा नाकामा सञ्चालीत सेवा अभियान समापन

कोरोना महामारीमा सक्रिय रोयल कोलाबोरेटिभ्स

कोरोना महामारीमा सक्रिय रोयल कोलाबोरेटिभ्स
प्रकाशित : :

धनगढीः रोयल कोलाबोरेटिभ्सको गौरीफन्टा नाकामा सञ्चालन गरिरहेको सेवा अभियान समापन भएको छ । भारतबाट घर फर्किने नेपालीहरुलाई खाना खुवाउने अभियान ४२ दिनसम्म सञ्चालन गरिएको हो । अभियान अन्तर्गत यो अवधिमा २४ हजार प्लेट खाना खुवाईएको रोयल कोलाबोरेटिभ्सका अध्यक्ष गजेन्द्र शाहीले पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिए ।

उनका अनुसार सीमामा आवतजावत गर्ने सबै जनालाई निशुल्क रुपमा दैनिक ५ सयदेखि ७ सय जनालाई खाना खुवाईएको हो । दैनिक रुपमा १८ जना स्वयमसेवकहरुले घर नगई सेवा गरेका थिए ।

यो अभियानमा धनगढी उपमहानगरपालिकाले खाद्यान्न र स्वास्थ्य सामाग्री तथा नेपाल रेडक्रस सोसाईटीले खाना स्थल निर्माण, निशुल्क पिउने पानी र खाद्यान्न सहयोग गरेका थिए ।

त्यस्तै देश विदेशमा रहेका र धनगढीकै मनकारीहरुले पनि अभियानमा सहयोग गरेका थिए । त्यसैगरी रोयल कोलाबोरेटिभ्सले सीममा निशुल्क खाना खुवाउने कामसँगै सेती प्रादेशिक अस्पतालका विरामी र कुरुवाहरुलाई पनि निःशुल्क खाना खुवाएको जनाएको छ । कोरोना महामारीको समयमा संक्रमितहरुलाई आवतजावत गर्नका लागि एम्बुलेन्स सेवा पनि प्रदान गरेको छ । कोरोना संक्रमित २० जनालाई निशुल्क अक्सिजन सिलिण्डर पनि सहयोग गरेको रोयल कोलाबोरेटिभ्सका अध्यक्ष शाहीले बताए ।

सीममा खाना खुवाउने अभियानलाई समापन गरे पनि अन्य सेवाहरु पनि थप गरेको छ । रोयल कोलाबोरेटिभ्सले अब हेल्प डेस्क सेवाको सुरुवात पनि गरेको छ । हेल्प डेस्कले एम्बुलेन्स सेवा अटो एम्बुलेन्स सेवा, रगत संकलन तथा वितरण, औषधी घरदैलोसम्म पुराउने सेवा, कोभिड सम्बन्धी स्वास्थ्य परामर्श तथा सल्लाह लगायतका सुविधाहरु दिनेछ ।

धनगढी उपमहानगरपालिकाको सहकार्यमा कोरोना महामारीको अवस्था रहँदासम्म यी सेवाहरु सञ्चालन गरिने रोयल कोलाबोरेटिभ्सका प्रवक्ता देवेन्द्र जोशीले जानकारी दिए ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट