प्रचण्डको प्रश्न : विरोध गर्न किन नपाउने, हु इज केपी ओली ?

राष्ट्रपतिको बारेमा बोल्न पाइदैन भन्ने हु इज केपी ओली ?

पुष्पकमल दाहाल ‘प्रचण्ड’
प्रकाशित : :

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्या भण्डारी प्रधानमन्त्रीको रबर स्ट्याम्प बनेको भन्दै त्यसको विरोध गर्दा केपी ओलीले धम्क्याएको आरोप लगाएका छन्।

विपक्षी गठबन्धनको तर्फबाट पत्रकारहरुसँग अन्तरक्रियामा भाग लिँदै प्रचण्डले राजाको विरोध गरेर आएकाहरु राष्ट्रपतिको कमजोरीमा बोल्न किन नपाउने भन्दै आक्रोश व्यक्त गरे।

प्रचण्डले भने, ‘राष्ट्रपति ओलीको रबर स्ट्याम्प भएकै हो। त्यसको विरोध गर्न किन नपाउने ? राष्ट्रपतिको बारेमा बोल्न पाइदैन भन्ने हु इज केपी ओली ? ’प्रधानमन्त्री अ‍ोलीले विपक्षी राष्ट्रपतिलाई मनपरी भन्न अहिले विपक्षी गठबन्धनमा प्रतिस्पर्धा चलिरहेको बताएका थिए।

केपी ओली लोकतन्त्र र गणतन्त्रको विरोधी रहेको भन्दै विदेशीको आडमा ओलीले निरकुंश शासन चलाउन खोजेको आरोप उनले लगाए। उनले विदेशीका सामू हेपिन तयार नरहेको समेत बताए।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट