धनगढीः संयुक्त विद्यार्थी सङ्गठन कैलालीले धनगढीमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि र चितवनकी युवती सुजिता भण्डारीको मृत्यु प्रकरणको विरोधमा सिट्ठी जुलुससहित प्रदर्शन गरेको छ।
बिहीबार काँग्रेस पार्टी कार्यालयदेखि बसपार्कसम्म प्रदर्शन गरिएको हो। प्रदर्शनमा सहभागीहरूले पटक-पटक भएको मूल्यवृद्धि खारेज, कालोबजारी नियन्त्रण, हत्या हिंसामा संलग्नलाई कारबाही लगायतका माग गरेका थिए।