“शान्ति खोजी रहेछु !
भौतारिन्छ दिनभर मानिस
फेर्ने, श्वासमा शान्ति छैन ।
चिहानमा जल्दै गरेका
ती, लाशमा शान्ति छैन।।
भोकै सुत्छन् फुटपाथमा
कैयौँ , पेटमा शान्ति छैन।
भरिभराउ छन् रोगीले
अस्पताल , बेडमा शान्ति छैन।।
कमाउँछन् जिन्दगीभर
तर, धनमा शान्ति छैन।
बाहिर देखावटी मुस्कुराउने गर्छन्
तर, मनमा शान्ति छैन।।
आफ्नै दुःख वेदना छन्
कुनै, जनमा शान्ति छैन।
काटिसके रुख बिरुखहरु सबै
अब, वनमा शान्ति छैन।।
आफ्नै पहिरन, भूषा
अनि भेषमा शान्ति छैन।
‘सुन्दर शान्त’ नेपाल नाम हो
तर ,देशमा शान्ति छैन।
हत्या ,हिंसा , बलात्कार
गर्नेले यहाँ देश चलाउँछ।
खै कसरी भन्नू र अनि
यस्तो देशमा शान्ति पलाउँछ।।
असन्तुष्ट सन्सार छ
म पनि त्यही रोगी हु।
यस्तो देशमा शान्ति खोज्ने
म एउटा शान्ति भोगी हु।।
उजाड अनि उराठ यो
गन्तव्यलाई रोजिरहेछु।
सयौँ चेलीहरूका बलात्कारी नपाइने
देशमा, म अझै शान्ति खोजिरहेछु।।
– हेमराज जोशी
“धन्यवाद “