कक्षा १२ को परीक्षा सञ्चालन गर्न अनुमति, कहिले गर्ने भन्नेबारे आज निर्णय हुँदै !

सीसीएमसीबाट परीक्षा सञ्चालनको अनुमति पाएपछि राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्दै

राष्ट्रीय परिक्षा बोर्ड
प्रकाशित : :

काठमाण्डाै: कक्षा १२ को परीक्षा सञ्चालनका लागि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सर्तसहित अनुमति दिएको छ ।

कक्षा १२ को परीक्षा सञ्चालन गर्न सरकारले उदासीनता देखाएको भन्दै चर्को आलोचना भइरहेका बेला सीसीएमसीले सर्तसहित परीक्षा सञ्चालन गर्न अनुमति दिएको हो ।

शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सीसीएमसीबाट कक्षा १२ को परीक्षा सञ्चालनका लागि सर्तसहित अनुमति पाएको बताउनुभयो । सीसीएमसीबाट परीक्षा सञ्चालनको अनुमति पाएपछि राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्दै छ ।

आज बेलुका ५ बजे बस्ने बैठकले परीक्षा सञ्चालनको मिति तोक्ने सम्भावना रहेको परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिनुभयो । यही महिनाको अन्तिम वा भदौ १ गतेदेखि परीक्षा सञ्चालनको तयारी भइरहेको छ। कक्षा १२ मा झन्डै पौने चार लाख विद्यार्थी छन् ।

गएको जेठमा तय गरेको परीक्षा कोभिड-१९को सङ्क्रमण उच्च भएपछि स्थगित भएको थियो । कक्षा १२ का विद्यार्थी भएको विद्यालयमा होम सेन्टर राखेर शतप्रतिशत परीक्षा लिने तयारी छ । बोर्डले अघिल्लो वर्ष ४० प्रतिशत मूल्याङ्कनका लागि परीक्षा लिएको थियो ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट