आज साउन १५, खीर खाने दिनको शुभकामना !

आजै किन मनाईनछ खीर खाने दिन ?

खीर खाने दिन
प्रकाशित : :

धनगढीः नेपाली परम्परा अनुसार आज खिर खाने चलन छ । आजको दिन परिवारका सदस्य, इष्टमित्र, आफन्त, छरछिमेकीसँग बसेर खिर खाई यो पर्व मनाउने गरिन्छ ।

असार श्रावणमा धान रोपाईंको काम सकेर खुशीयाली स्वरुप खिर खाने चलन बसेको मानिन्छ । १५ असारमा दही चिउरा र साउनमा खिर खाने चलन छ । श्रावण महिनाभर पायक पर्ने दिनमा खिर खाने चलन बसेपनि साउन १५ लाई भने विशेष दिन मानिन्छ ।

खिर खाने चलन कहिले देखि शुरु भएको भन्ने बारे यकिन हुन नसके पछि खेतीपातीको काम सकेपछि मीठो खाने कुरा तत्कालिन समयमा खिर भएकाले यो चलन बसेको संस्कतिविद्हरुको बताउँछन् ।

परम्परा अनुसार अक्षय तृतीयाका दिन जौको सातु र सर्वत खाने, कात्तिक महिनामा पर्ने हरिबोधनी एकादशीका दिन पिँडालु र सखरखण्ड खाने, माघको १५ गते मालपुवा खाने, हरितालिका तीजको पञ्चमीमा कर्कलोको गाभा खाने, जनैपूणिर्माका दिन नौथरि गेडागुडी मिसाएको क्वाँटी खाने चलन छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट