एमाले स्थायी कमिटि बैठक आज पनि बस्दै !

अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठक दिउँसो ३ बजे बस्ने

एमालेको स्थायी कमिटि बैठक
प्रकाशित : :

काठमाडौँ: नेकपा एमालेको स्थायी कमिटि बैठक सोमबार पनि बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठक दिउँसो ३ बजे ललितपुरको च्यासल स्थित तुलसीलाल स्मृति भवनमा बस्ने छ ।

यसअघि आइतबार बसेको स्थायी कमिटी बैठकलेले देशभरका सबै वडामा आउँदो अशोज पहिलो हप्ता वडा र दोस्रो हप्तामा पालिका तहमा अधिवेशन गर्ने निर्णय गरेको थियो ।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग एकताका लागि प्रयास भइरहेको अवस्थामा ओलीले कार्यकता होल्ड गर्न तल्ला तहहरुको अधिवेशन तत्कालै गर्ने निर्णय गरेको हो।

पार्टी विभाजन भएको अवस्थामा जति सक्यो कार्यकर्ता नेपाल पक्षमा जान नदिनका लागि ओलीले आकस्मिक रुपमा वडा र पालिका तहको अधिवेशन गर्ने निर्णय गरेका हुन् ।

यस्तै आइतबारको बैठकले भदौ अन्तिममा पार्टीको विधान महाधिवेशन गर्ने निर्णयसमेत गरेको छ। भदौ २७ र २८ गते काठमाडौँमा विधान महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

बैठकले विधान महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन लेख्ने जिम्मा अध्यक्ष ओलीलाई दिएको छ। सङ्गठनात्मक प्रस्तावको मस्यौदा तयार गर्न महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ।

त्यस्तै सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको संयोजकत्वमा विधान संंशोधन मस्यौदा कार्यदल र रामबहादुर थापाको संयोजकत्वमा विधान महाधिवेशन व्यवस्थापन कार्यदल गठन गरेको हो।

सोमबारको बैठकमा बाँकी विषयमा छलफल हुने छ । स्थायी कमिटिले गरेको निर्णय अर्को हप्ता बस्ने केन्द्रीय समिति बैठकले अनुमोदन गर्नेछ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट