काठ चिरान गरिरहेको अवस्थामा कैलालीमा दुईजना पक्राउ

अवैध रुपमा काठ चिर्ने दुईजना पक्राउ

कैलालीमा काठ चिरान गरिरहेको अवस्थामा दुईजना पक्राउ
तस्बिरः जिल्ला प्रहरी कार्यालय कैलाली
प्रकाशित : :

धनगढी: कैलालीमा चिरिरहेको अवस्थामा दुई जना पक्राउ परेका छन । जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ०७ संगम सामुदायिक वनको बडिआममा अवैध रुपमा काठ चिर्ने ईलामको फागुनन्दा गाउँपालिका ७ का विक्रम लिम्बु र अर्जुन लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।

सालको काठ चिरिरहेको अवस्थामा काठ ईलाका प्रहरी कार्यालय सुगरखालबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरुको साथबाट काठ चिर्ने मेसिन एक थान, ३.४ को सात फुटको कडी १ सय १९ थान, १० फुटको कडी ३१ थान, ७ फुटको पट्रा ३६ थान र २.४ ईन्चको कडी ६ थान पनि बरामद गरिएको छ ।

उनीहरुबाट बरामद गरिएको मेसिन र काठ सहित दुवै जनालाई आवश्यक कारबाहीका लागी संगम सामुदायिक वनलाई बुझाईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार