संसारभरीका १६८ संस्कृतिको अनुसन्धान गर्दा आधाभन्दा कम समुदायमा मात्रै अधरमा चुम्बन गर्ने प्रचलन रहेको भेटियो ।
युनिभर्सिटी अफ नेभदा लास भेगसका मानवशास्त्री तथा प्राध्यापक विलियम जानकोवियाकले ४६ प्रतिशत वैशालु जोडीले रोमान्टिक अवस्थामा चुम्बन गर्ने गरेको बताए । यसमा आमाबुवाले बच्चा गर्ने र अभिवादनका लागि गरिने चुम्बन समावेश गरिएको छैन ।