मेल्लेख गाउँपालिकाका १६ घर पहिरोको उच्च जोखिममा

घरहरु पहिरोको जोखिमा

घर पहिरोको जोखिममा
प्रकाशित : :

अछाम: अछामको मेल्लेख गाउँपालिका -३ ठाटिका १६ घर पहिरोको उच्च जोखिममा रहेका छन्।

वडाको नौलाघर र चौसाल टोलको तलबाट पहिरो बग्न थालेपछि ती घरहरु पहिरोको जोखिमा परेका हुन्। चौसाल टोलमा घर अगाडिबाट र नौलाघर टोलमा घर पछाडिबाट पहिरो जान थालेपछि ती घरहरु पहिरोको उच्च जोखिममा परेको वडाध्यक्ष केशरबहादुर शाहले बताए।

अहिले केही परिवार जोखिम नभएको ठाउँमा बसाइ सरिरहेको बताइएको छ। वडाध्यक्ष केशरबहादुर शाहलगायत स्थानीय जनप्रतिनिधि, इलाका प्रहरी कार्यलय ठाटि बगुडाको टोलीले त्यस क्षेत्रको अवस्था अवलोकन गरेको छ। यस्तै सोही गाउँपालिका -५ विन्ध्यवासनिको सरानि गाउँका ५१ परिवारहरु घर छोडेर पालमुनि बसिरहेका छन्।

पहिरो ग्रस्त क्षेत्रको स्थलगत अध्यन गरिरहेको भूगर्भविदको टोलीले त्यस क्षेत्रमा बस्न सकिने या नसकिने भन्ने विषयमा रिर्पोट तयार पार्ने काम भईरहेको बताएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार