अनेरास्ववियु छैटौँ को सुदूरपश्चिम प्रदेश अध्यक्षमा हेमराज भट्ट चयन

अनेरास्ववियु (छैटौँ) सुदूरपश्चिम प्रदेशको अध्यक्षमा हेमराज भट्ट चयन
प्रकाशित : :

डडेलधुरा: अनेरास्ववियु (छैटौँ) सुदूरपश्चिम प्रदेशको अध्यक्षमा हेमराज भट्ट चयन भएका छन् । सोमबार प्रदेश समितिको डडेलधुरामा भएको भेलाले नयाँ कार्यसमिति चयन गरेको हो ।

नव गठित समितिको उपाध्यक्षमा डबल तिरुवा डोटी, सचिवमा टंक अवस्थी डडेल्धुरा, कोषाध्यक्षमा भिमराज जोशी कञ्चनपुर, सहसचिवमा कर्म जोशी डडेल्धुरा चयन भएका छन् ।

त्यस्तै, कार्यसमिति सदस्यमा सम्पदा जोशी कैलाली, जनक तिमिल्सिना बाजुरा, राजेन्द्र साउद अछाम, गणेश जोशी कैलाली, भरत धामी बझाङ, भक्त धमला कैलाली, भुवन कार्की कञ्चनपुर रहेका छन् । भने रिक्त १ जना पछि चयन गरिने बताइएको छ ।

भेलामा राष्ट्रिय जनमोर्चाका नेता जगत जोशी, जनमोर्चाका डडेल्धुराका नेता आरसि धिक्त लगाएतको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार