डोटी : डोटीमा पछिल्लो समय सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको पाइएको छ । सुरक्षित गर्भपतन सेवा अस्थायी साधनका रूपमा विकास हुन थालेको भन्दै यहाँका स्वास्थ्यकर्मी चिन्तित बनेका छन् । असावधानीका कारण गर्भपतन गर्नेको सङ्ख्या बढेको भन्दै स्वास्थ्यकर्मी चिन्तित बन्ने गरेका हुन् ।
सिलसिलामा उक्त संस्थाले जिल्लाको सायल गाउँपालिका तथा केआइसिंह गाउँपालिकामा रहेका स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवाका लागि प्रत्यक्ष रूपमा सहयोग गरिरहेको उक्त कार्यक्रमका फोकल पर्सन शिद्धराज जोशीले बताए । उनले भने, “हामीले प्रत्यक्ष रूपमा दुई पालिकाका स्वास्थ्य संस्थामा काम गर्दै छौँ, अन्य पालिकाका स्वास्थ्य संस्थामा पनि हाम्रो सहयोग रहँदै आएको छ ।”
अन्तर्राष्ट्रिय दातृ निकाय आइपासको आर्थिक सहयोग तथा जिल्लामा कार्यरत संस्था सामुदायिक विकास मञ्चद्वारा यहाँका २२ वटा स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा सञ्चालन गरिएपछि सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या बढ्दै गएको हो । नचाहेको अवस्थामा गर्भ रहे वा अन्य कारण रहेको गर्भलाई पतन गर्न पाउने सरकारले कानूनी मान्यता दिएपछि दातृ निकायको सहयोगमा जिल्लामा निजी क्षेत्रको गैरसरकारी संस्था सामुदायिक विकास मञ्चले सुरक्षित गर्भपतन सेवाका लागि आवश्यक सहयोग गर्दै आएको छ ।
कोरोना सङ्क्रमण नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण पुरुष घरैमा हुने र नचाहँदा नचाहँदै पनि गर्भ रहने गरेका कारण सुरक्षित गर्भपतन सेवा लिन बाध्य हुने गरेको सेवाग्राही महिलाले बताउने गरेको स्वास्थ्यकर्मीको भनाइ छ ।