धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना निलम्बित

धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना निलम्बित
प्रकाशित : :

काठमाडौँ । सरकारले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई निलम्बन गरेको छ।

हिजो (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष ढुंगानालाई निलम्बन गरेको हो। अध्यक्ष ढुंगानाले छोरीका नाममा सर्वोत्तम सिमेन्टको शेयर खरिद गरेपछि विवादमा मुछिएका थिए।

यस्तै , हिजो (बुधबार) बसेको मन्त्रीपरिषद्को बैठकले यस विषयमा छानबिन गर्न छानबिन समिति समेत गठन गरेको छ।

छानबिन समितिमा उच्च अदालतका पूर्व न्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्य छानबिन समिति गठन गरेको हो। समितिमा विज्ञ सदस्यका रूपमा नारायणप्रसाद पौडेल र अर्का सदस्य नेपाल कानून आयोगका सहसचिव अर्जुनकुमार खड्का रहेका छन् ।

अध्यक्ष ढुंगानाले छोरीका नाममा शेयर किनेपछि अर्थ मन्त्रालय र अर्थ समितिले स्पष्टीकरण सोधेको थियो।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट