जेठयता देशका विभिन्न ठाउँमा गएको बाढी पहिराेका कारण १ सय १६ जनाको ज्यान गयाे

दार्चुला बाढी पहिरो
प्रकाशित : :

काठमाण्डाै : देशका विभिन्न ठाउँमा गएको बाढी, पहिरो र डुबानमा परि गएको जेठ ३० यता १ सय १६ जनाको ज्यान गएको छ ।

ज्यान जानेमा ५३ पुरुष, ३४ महिला, १३ बालक र १६ बालिका रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । बाढीपहिरोमा परि ४४ जना बेपत्ता भएका छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार बाढीपहिरोमा परेका एक हजार २ सय ८९ जनाको विभिन्न ठाउँबाट उद्धार गरेर सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।

बाढीको कारण तीन हजार १ सय ८२ घर डुबानमा परेका, ९ सय ७८ घर, १ सय ६४ गोठ, ६६ पुल, आठ विद्यालय र १५ सरकारी कार्यालयमा क्षति पुगेको छ । एक हजार ३ सय ३ वटा पशु मरेका छन् ।

यस अवधिमा भएका जम्मा एक हजार ३ सय ४५ विपद्का घटनाबाट एक हजार २६९ परिवारका छ हजार १ सय ११ मानिस विस्थापित भएका छन् । -उज्यालो अनलाईनबाट

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट