नौगेडी टिमद्वारा बाल कलाकार भट्टलाई आर्थिक सहयोग

नौगेडीमार्फत उठेको रकम बालकलाकार मनिषालाई सहयोग

सुदूरपश्चिमको भाषा, कला, संस्कृति र मौलिक लोकदेउडा एवं लोकभाकाको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले सञ्चालीत कार्यक्रम नौगेडीमार्फत उठेको रकम बालकलाकार मनिषालाई सहयोग गरिएको हो ।
प्रकाशित : :

धनगढी : आर्थिक अवस्था कमजोर भएकी बाल कलाकार मनिषा भट्टलाई सहयोग गरिएको छ । सुदूरपश्चिमको भाषा, कला, संस्कृति र मौलिक लोकदेउडा एवं लोकभाकाको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले सञ्चालीत कार्यक्रम नौगेडीमार्फत उठेको रकम बालकलाकार मनिषालाई सहयोग गरिएको हो ।

स्वदेश तथा विदेशबाट विभित्र व्यक्तिहरुले कार्यक्रम नौगेडी मार्फत पठाएको नगद रु। १७ हजार ५ सय र स्टेसनरी सामाग्री गरि करिब २२ हजार बराबरको सहयोग बालकलाकार भट्टलाई गरिएको समर्पण मिडिया प्रा।लीका संचालक तथा नौगेडी कार्यक्रमका व्यवस्थापक डिल्लीराज ओझाले बताए ।

उनले शनिबार एक कार्यक्रमका बिच मनिषालाई उक्त सहयोग नगद र सामग्री हस्तान्तरण गरिएको बताए । बाल कलाकार भट्ट अत्यन्तै प्रतिभावान भएपनि आर्थिक अवस्था कमजोर हुँदा गाउन तथा पढ्न नपाईरहेको अवस्थामा नौगेडी मार्फत आफुहरुले सहयोग गरेको उनले बताए ।

मनिषाकी आमा जानकी भट्टले पढाईमा अब्बल तथा गाउनमा अत्यन्तै रुची भएपनि आर्थिक अवस्था कमजोर हुदाँ छोरीले पढाई छोड्नुपर्ने अवस्था आएको बेला नौगेडीको सहयोगले राहत दिलाएको बताईन ।

उनले सहयोग रकमले छोरीको गायन कला र पढाईलाई निरन्तरता दिन सहयोग पुग्ने बताईन । सनिवार मात्रै नौगेडेको १३, १४ र १५ भाग बोलन्या थलीको सेटमा छायांकन भएको छ । समर्पण मिडिया धनगढी र नौगेडी अनलाइनको उत्पादन एवं बोलन्या थलिको संयोजनमा कार्यक्रम उत्पादन हुने गर्दछ ।

यो कार्यक्रम हरेक हप्ताको सोमबार र शुक्रबार बेलुकी ८ः०० बजे समर्पण मिडिया धनगढीको युट्युब च्यानलबाट प्रसारण हुँदै आएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार