चाड पर्व नजिकिए सँगै कञ्चनपुरको दोधाराचांदनीमा नक्कली नोट देखिन थाले

नक्कली नोट
प्रकाशित : :

कञ्चनपुर : चाड पर्व नजिकिए सँगै कञ्चनपुरको सीमावर्ती नगरपालिका दोधाराचांदनीमा नक्कली नोट देखिन थालेका छन् । दोधारा चाँदनी नगरपालिकाको पेट्रोल पम्प, बजार तथा वित्तीय संस्थाहरूमा नक्कली नोट फेला पर्न थालेका छन् ।

केही दिन अघि मात्रै दोधारा चाँदनी नगरपालिकाको एक पेट्रोल पम्पमा भारतीय रु. ५ सयको नक्कली नक्कली फेला परेको थियो भने एक वित्तीय संस्था अन्तर्गत गठित समूहमा रु. एक हजारको नेपाली रुपियाँ देखा परेको हो ।

झट्ट हेर्दा थाह नहुने नक्कली नोटहरू दोधारा चाँदनीको विभिन्न क्षेत्रमा फेला पर्न थालेको छ । दोधारा चाँदनीमा रहेका पसलमा समेत नक्कली नोट फेला परेको बताइएको छ । ‘हेर्दा कुनै फरक छैन । राम्रो सँग हेरे मात्र केही छुट्ट्याउन सकिन्छ ।’ एक स्थानीयले भने, ‘नक्कली नोट फेला पर्न थालेपछि त्रास बढेको छ ।

ती नक्कली नोटहरू कहाँ बाट आए भन्ने बारे कसै सँग पनि कुनै जानकारी नभएको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय दोधाराका इन्चार्ज भारत राज गिरिले नक्कली नोट भेटीए वा कुनै व्यक्तिमा शङ्का भए तत्काल प्रहरीमा खबर गर्न व्यवसायी र सर्वसाधारणहरूलाई अनुरोध गर्नु भएको छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट