मन्त्रिपरिषद् बैठक बस्दै, दलसम्बन्धी अध्यादेश फिर्ता हुनसक्ने

सत्ता गठबन्धनको बैठक सुरु
प्रकाशित : :

काठमाडौं : मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठकबाट राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ताको निर्णय हुन सक्ने स्रोतले बतायो ।

यसअघि आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा बुधबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल भएको थियो । दलका नेताहरुले छिटो अध्यादेश फिर्ता लिएर मन्त्रिपरिषदलाई पूर्णता दिन प्रधानमन्त्री देउवालाई सुझाव दिएका थिए । गत असार २९ गते प्रधानमन्त्री बनेका देउवाले अझै पनि सरकारलाई पूर्णता दिन सकेका छैनन् ।

अध्यादेशमा संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत सदस्य पुर्याउन सक्ने व्यक्तिले दल विभाजन गर्ने सम्बन्धी व्यवस्था छ । यही व्यवस्था अनुसार माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निर्वाचन आयोगमा दर्ता भएका छन् ।  अध्यादेश फिर्ता नहुँदा फेरि पनि पार्टी फुट्न सक्ने डरले गठबन्धनमा आबद्ध दलहरुले अध्यादेश फिर्ता लिएपछि मात्रै वर्तमान सरकारमा सहभागी हुने अडान लिएका छन् ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट