बैतडी: सुदूरपश्चिम प्रदेशमा आज ३६ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ। गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ४०३ जनाको नमूना परीक्षण गरिएको थियो।
छब्बिस जनामा आरटी पीसीआर र १० जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षण गरिएको थियो। पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा १८, डडेल्धुरा अस्पतालमा चार,जिल्ला अस्पताल बैतडीमा तीन र महाकाली अस्पतालमा एक जनामा सङ्क्रमण पुष्टि भएको हो। एन्टिजेन विधिमार्फत कञ्चनपुरमा पाँच, कैलाली र डडेल्धुरामा दुई÷दुई र बैतडीका एक जनामा सङ्क्रमण देखिएको हो।