धनगढी । सुदूरपश्चिमका केही जिल्लामा अचानक आइतबार राती देखी परेको वर्षाका कारण पाकेर भित्र्याउनै लागेको धान बालीमा ठुलो क्षेती भएको छ ।
असारको पहिलो साता लगाएको धान पाक्न थालेपछि किसानहरूले काटेर भित्र्याउन सुरु गर्दै गर्दा अचानक आइतबार राती देखी परेको वर्षाले धान खेतमै तैरिएपछि दसैँ नभनी धान भित्र्याउन लागेका किसान दुःखी भएका छन् । कैलालीको गोदावरी ६ का एक किसानले भने, ‘अस्ति मात्रै धान काटेका थियौंं सुक्न नपाउँदै हिजो राति देखी परेको पनिले धन जति खेतमै तैरिएको छ । एउटा किसानका लागी योभन्दा ठुलो अर्को दुःख के होला ?’
आइतबार राती परेको वर्षाका कारण कैलाली, कञ्चनपुर, डोटी, बैतडी, अछाम लगायत सुदूरपश्चिमका अधिकासं किसानले लगाएको धान बाली क्षतिग्रस्त भएको छ ।