कैलालीमा देउसीभैलो ८ बजेसम्म मात्रै खेल्न पाइने, पटका निषेध !

जिल्ला प्रशासन कार्यालय कैलाली
प्रकाशित : :

धनगढी : दिपावलीको अवसरमा खेलिने देउसीभैलो कैलालीमा राति ८ बजेसम्म मात्रै खेल्न पाइने भएको छ। मंगलबार जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै उक्त आदेश जारी गरेको हो ।

कोरोना संक्रमणको जोखिम कामयै रहेको अवस्था तथा समाजमा अशान्ति फैलिनसक्ने भन्दै देउसीभैलो तथा नाचगानका कार्यक्रममा रोक लगाइएको जारी सूचनामा उल्लेख छ ।

साथै दिपावलीको समयमा पटाका जलाउने, आतिसबाजी गर्ने तथा ओसारपसार गर्न नपाइने समेत प्रशासनले जनाएको छ। यदि कसैले सुचनाको अवज्ञा गरी कानुन विपरितका कार्यहरु गरे, गराएको पाईएको प्रचलित कानुन अनुसार कडा कारवाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।

साथै दिपावलीको समयमा दियो, मैनबत्ती, पालाहरु बाल्ने एवम् विद्युतीय उपकरणहरु बाली दिपावली मनाउँदा आगजनी जस्ता विपद्का घटनाहरु घट्न सक्ने भएकाले सतर्कता अपनाउन पनि सबैलाई अनुरोध गरिएको छ ।

No description available.

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट