कञ्चनपुरमा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजना गम्भीर घाइते

कञ्चनपुरमा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजना गम्भीर घाइते
प्रकाशित : :

कञ्चनपुर : कञ्चनपुरको दैजीमा शुक्रवार दिउँसो कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजना गम्भीर घाइते भएका छन् ।

बा २१ च ९८९७ नम्बरको हाइलेक्स गाडी र सुपप्र ०१० प २०७२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदाका हुन् ।

दुर्घटनामा मोटरसाइकल चालक बेदकोट नगरपालिका–३ बस्ने ३० बर्षीय बीरेन्द्र महरा गम्भीर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक केशब भट्टले बताए ।

गाडी चालक बीरेन्द्र चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइतेको अहिले धनगढीको निसर्ग अस्पतालमा उपचार छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट