दाङमा श्रीमानकाे लाठी प्रहारबाट श्रीमतीकाे हत्या

मृत अवस्थामा फेला
सांकेतिक तस्विर
प्रकाशित : :

दाङमा श्रीमानले लाठी प्रहार गरी श्रीमतीकाे हत्या गरेका छन् ।

जिल्लाकाे गढवा गाउँपालिका-६ बालापुरका ६० वर्षीय दानबहादुर थापाले ५० वर्षीया श्रीमती सुनिता राेकाकाे लाठी प्रहार गरी हत्या गरेका हुन् ।

मदिरा सेवन गरेका थापाले सामान्य घरायसी विवादका क्रममा श्रीमतीकाे टाउकाेमा तथा घाँटीमा लाठी प्रहार गरेका र श्रीमतीकाे घटनास्थलमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ।

राेका थापाकी कान्छी श्रीमती हुन् । श्रीमतीकाे हत्या गरी फरार रहेका थापाकाे खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट