धनगढी : कैलालीको गोदावरीमा पिकनिक खान जानेको घुइँचो लाग्न थालेको छ। त्यहाँ हिजोआज दैनिक पाँचदेखि १५-२० टोलीसम्म पिकनिक खान जाने गरेका छन्।
गेदावरीधाम, मन्दिर, प्राकृतिक सौन्दर्य, डाँडाकाँडा हेर्नका लागि त्यहाँ कैलाली-कञ्चनपुर लगायतका जिल्लाका मानिसहरु घुमघामका साथै पिकनिक खान आउनेको संख्या बढ्दै गईरहेको हो । सुदूरपश्चिम प्रदेशको राजधानी समेत तोकीएको गोदावररी क्षेत्र पछिल्लो समयमा ‘पिकनिक स्पट’ बन्दै गएको छ।