पार्टीलाई विधि, सिद्धान्त अनुसार हिँडाउन अन्तिमसम्म प्रयास गरेँ: भीम रावल

डा. भीम रावल
प्रकाशित : :

नेकपा एमालेका नेता भीम रावलले पार्टीलाई सिद्धान्त, विधि पद्धति र राष्ट्रिय हितअनुकूलको बाटोमा हिँडाउन अध्यक्षमा उम्मेदवारी दिएको बताएका छन्।

रावलले चितवनमा भएको एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएर केपी शर्मा ओलीसँग पराजित भएका थिए।

उनले बुधबार ट्वीट गर्दै आफूले १० औं महाधिवेशनमा अध्यक्ष पदमा दिएको उम्मेदवारीबारे बताएका हुन्।

‘एमाले पार्टीलाई सिद्धान्त, विधि, पद्धति र राष्ट्रिय हित अनुकूलको बाटोमा हिँडाउन मैले अन्तिमसम्म प्रयास गर्ने अठोट गरे अनुसार महाधिवेशनमा आवाज उठाउनुका साथै अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ,’ ‍उनले उल्लेख गरेका छन्।

उनले आफूलाई सहयोग गर्नेहरूलाई धन्यबादसमेत दिएका छन्।  अध्यक्षमा ओलीले १८४० मत ल्याउँदा रावलले २२३ मत मात्रै ल्याएका थिए। उनले आफू हार्ने थाहा पाएर पनि उम्मेदवारी दिएको बताएका थिए।  ‘यस्तो हुन्छ भन्ने मलाई पहिला नै थाहा थियो। सबै थाहा पाएरै पाइला चालेको हुँ,’ रावलले भनेका थिए।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट