धनगढी : नेकपा माओवादी केन्द्रको प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलनको तयारी पूरा भएको छ। शुक्रबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीले सम्मेलनको तयारी पूरा भएको जानकारी दिइएको हो।
मंसिर २५ र २६ गते हुने प्रदेशको प्रथभ सम्मेलनको तयारी पुरा भएको माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले बताए। ‘सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको छ,’ उनले भने, ‘सबै प्रदेशमा केन्दीय अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले सम्मेलन उद्घाटन गर्ने कार्यक्रम रहेको छ।’
अबको सम्मेलनले प्रदेशको नीतिगत तथा भौतिक विकासमा समेत भूमिका खेल्ने इन्चार्ज भट्टले बताए। सम्मेलनमार्फत नयाँ प्रदेश कमिटी चयन हुनेछ। सुदूरपश्चिममा माओवादी केन्द्रका ११ सय बढी प्रतिनिधि छन्।