धनगढी : धनगढीमा वालवालिका तथा युवाहरुका लागि तिन दिने क्षमता अभिबृद्धी तालिम सुरु भएको छ । युनिसेफ नेपालको सहयोग, धनगढी उप–महानगरपालिकाको सहकार्य र बागेश्वरी असल शासन क्लव (बास) नेपालको आयोजनामा ३० जना बालबालिका तथा युवाहरुका लागि क्षमता अभिबृद्धी तालिम सञ्चालन भएको हो ।
बास नेपालको बाल संरक्षण कार्यक्रम अन्तरगत बाल संरक्षण, लैंगिक हिंसा न्यूनीकरण र योजना तर्जुमा प्रक्रिया बिषयमा बालबालिका तथा युवाहरुलाई तालिम दिईने छ ।
तालिमको उद्घाटन सत्रमा बोल्दै बासका केन्द्रीय अध्यक्ष रमेश सीटौलाले तीन दिनसम्म सञ्चालन हुने तालिम सफलताको शुभकामना व्यक्त गरे । उनले बालबालिका तथा युवाहरुका लागि आयोजना गरेको क्षमता अभिबृद्धी तालिमले बालबालिका तथा युवाहरुको व्यक्तिव विकास हुने धारणा राखे ।
अध्यक्ष सीटौलाले बाल संरक्षण र लैंगिक हिंसा न्युनिकरणका लागि बालवालिका तथा युवाहरुलाई क्षमता अभिबृद्धी तालिम जरुरी रहेको बताए । उनले स्थानिय तहहरुले बालवालिका तथा युवाहरुको क्षमता विकासमा आवश्यक बजेट विनियोज गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने जोड् दिए ।
उनले बासको बारेमा प्रकाश पार्दै २१ बर्षदेखी भ्रष्टाचार विरुद्धमा देशभर अभियान चलाउदै आएको बासले समाज रुपान्तरण र भ्रष्टाचार न्युनिकरणको लागि योगदान गर्दै आएको बताए । अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशमा बालवालिका तथा युवाहरुको क्षेत्रमा काम गरिरहेको उनले बताए ।
यस्तै उद्घाटन कार्यक्रममा धनगढी उप–महानगरपालिका महिला विकास शाखा अधिकृत सोहना जोशीले बासले सञ्चालन गर्न लागेको तालिम महत्वपुर्ण रहेको बताइन् । उनले नगरका बालबालिकाहरुलाई क्षमता अभिबृद्धी तालिम दिन पाउदाँ खुशी लागेको बताइन् ।
कार्यक्रममा बासमा सुदूरपश्चिम प्रदेश संयोजक लक्ष्मीप्रसाद जैशीले तालिम सफलताको शुभकामना व्यक्त गरे । उनले तीन दिनसम्म सञ्चालन हुने तालिमले नगरमा बालबालिका तथा युवाहरुले धेरै कुरा सिक्ने बताए ।
उद्घाटन कार्यक्रममा बासमा कार्यक्रम संयोजक हेमराज भट्ट कार्यक्रमको बिषयमा प्रकाश पारेका थिए । उनले कार्यक्रमका बिषयवस्तु जानकारी गरादै, बाल संरक्षण, लैंगिक हिंसा न्यूनीकरण र योजना तर्जुमा प्रक्रियाका बिषयमा बालबालिका तथा युवाहरुलाई जागरुप बनाउने बताए ।
बास कैलालीका सल्लाहकार प्रेम ढुङ्गानाले उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए भने बास कैलालीका अध्यक्ष पाण्डव पुजाराले कार्यक्रम सञ्चालन गरेका थिए । बाल संरक्षण कार्यक्रम अन्तरगत सञ्चालीत तिन दिने तालिमको पहिलो दिन बाल संरक्षणका विभिन्न बिषयमा प्रशिक्षक धनगढी उप–महानगरपालिका महिला विकास शाखा अधिकृत सोहना जोशीले सहजिकरण गरेकी थिइन् । तालिममा बाल क्लबका पदाधिकारीहरु र युवाहरु गरि ३० जनाको सहभागिता रहेको छ ।