माओवादी केन्द्र र कांग्रेसका २ सय बढी नेता–कार्यकर्ता नेकपा एमालेमा प्रबेश

माओवादी केन्द्र र कांग्रेसका २ सय बढी नेता–कार्यकर्ता नेकपा एमालेमा प्रबेश
प्रकाशित : :

कञ्चनपुर : माओवादी केन्द्र र नेपाली कांग्रेसका २ सय जना भन्दा बढी नेता–कार्यकर्ता आइतवार नेकपा एमालेमा प्रबेश गरेका छन् । शुक्लाफाँटामा आयोजित कार्यक्रममा नव प्रबेशीहरुलाई एमाले सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट, केन्द्रीय सदस्यद्धय नरबहादुर धामी र कृपाराम रानालगायतले स्वागत गरे ।

शुक्लाफाँटा नगरपालिका–६ का खडकसिंह साउँदसहित माओवादीका १ सय जना कार्यकर्ता एमाले प्रबेश गरेका हुन् । साउद सहीद परिवारका सदस्य हुन् । ‘जनयुद्ध’ मा उनले आफ्नो छोरा गुमाएका थिए । अखिल नेपाल शिक्षक संघका पूर्व केन्द्रीय सदस्यसमेत रहेका साउँदले माओवादीमा व्यक्तिगत स्वार्थ हाबी भएको र बिगतमा पार्टीका लागि ठूलो योगदान गरेका व्यक्तिहरुको अबमूल्यन भएपछि पार्टी छाडेको बताए ।

यस्तै कांग्रेसको शुक्लाफाँटा नगरपालिका–६ का तरुण दल सभापति चक्र साउद, शिक्षक संघका केन्द्रीय महाधिवेशन प्रतिनिधि नव उपाध्यायलगायत पनि एमाले प्रबेश गरेका छन् । एमाले कञ्चनपुरका उपसचिव रणबहादुर महराका अनुसार माओवादी र कांग्रेसका बिभिन्न समितिमा बसेर सक्रिय राजनीति गरिरहेका नेता–कार्यकर्ताहरु स्वस्फूर्त रुपमा प्रबेश गरेका हुन् ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट