धनगढी : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन धनगढी आउने भएका छन्। बिहीबार अर्थात यही पौस २२ गते धनगढीमा हुने राप्रपाको आमसभालाई संवोधन गर्न लिङ्देन धनगढी आउन लागेका हुन। उनि राप्रपा अध्यक्षमा र्निवाचित भएपछि पहिलो पटक धनगढी आउन लागेका हुन् ।
धनगढीको पार्क मोडमा हुने राप्रपाको आमसभालाई अध्यक्ष लिङ्देनसहित पार्टीका बरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष विक्रम पाण्डे, महासचिव धवलशमशेर राणा र भुवन पाठक तथा केन्द्रीय सदस्य जयन्त चन्दले संवोधन गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी सुदूरपश्चिम प्रदेशले जानकारी दिएको छ ।