शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गर्‍यो आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
प्रकाशित : :

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म  विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

मन्त्रालयमा सोमबार बसेको बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले विद्यालय बन्द गर्न गरेको सिफारिसलाई कार्यान्वयन गर्ने भएको हो। विद्यालय बन्दको मोडालिटीबारे मन्त्रालयले आजै सूचना जारी जानकारी गराउनेछ।

बैठकमा विद्यालय बन्दको मोडालिटीबारे छलफल भएको थियो।

आइतबार बसेको सीसीएमसीसीको बैठकले कोभिडको जोखिम बढेको भन्दै विद्यालय बन्दसहित १३ बुँदे निर्णय कार्यान्वयन गर्न सरकारलाई सिफारिस गरेको थियो।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट