मंगलवार नेप्से परिसूचक १९.२९ अंकले बढेर २ हजार ८ सय ९१.२२ विन्दुमा पुगेको छ । क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.९८ अंकले बढेको छ ।
बजार बजेसँगै शेयर बजारको पुँजीकरण पनि ४० खर्ब ८६ अर्ब नाघेको छ ।
मंगलवार दिनभर ८० हजार ८ सय २९ करोबारबाट १ करोड २१ लाख ६७ हजार ६ सय ५ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४१८ रुपैयाँ पुगेको छ । राजधानी दैनिकमा खबर छ ।