मूल्यवृद्धिको विरोधमा राष्ट्रिय युवा संघ कैलालीद्वारा धनगढीमा विरोध प्रर्दशन

मूल्यवृद्धिको विरोधमा राष्ट्रिय युवा संघ कैलालीद्वारा धनगढीमा विरोध प्रर्दशन
प्रकाशित : :

कैलाली : पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा कैलालीमा राष्ट्रिय युवा संघले विरोध प्रर्दशन गरेको छ ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय अगाडि पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न दबाब दिन नाराबाजी सहित प्रर्दशन गरिएको हो ।

प्रदेश सभाबाट नाराबाजी सहित सुरु गरिएको र्‍याली जिल्ला प्रशासन कार्यालय अगाडी कोण सभामा परिणत भएको थियो । कोष सभालाई युवा संघ सुदूरपश्चिम प्रदेशका उपसचिव नवराज आचार्य, कैलालीका इन्चार्ज अरुण कुँवर, केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विनय शाह र कैलालीका अध्यक्ष गणेश महराले सम्बोधन गरेका थिए ।

उनीहरूले तत्काल मूल्यवृद्धि फिर्ता नगरे कडा आन्दोलन समेत गर्ने चेतावनी दिएका थिए । मूल्यवृद्धि फिर्ता गर, स्थानीय तहको निर्वाचनको मिति घोषणा गर, भारतले कब्जा गरेको नेपाली भूमि फिर्ता ले,गठबन्धन सरकार मुर्दावाद लगायतका नाराबाजी गरेका थिए ।

युवाहरूले विरोधमा कारे जुलुस समेत प्रदर्शन गरिएको थियो ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट