ओलीले प्रधानमन्त्री देउवा र प्रचण्डसँगको भेटमा पूरानै अडान दोहोर्‍याए

ओलीले प्रधानमन्त्री देउवा र प्रचण्डसँगको भेटमा पूरानै अडान दोहोर्‍याए
प्रकाशित : :

काठमाडौं : प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा एमालेले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्नका लागि सत्ता गठबन्धनको एउटै मत खोजेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा एमालेले सत्ता गठबन्धनको एउटै मत आएपछि आफ्नो धारणा प्रष्ट पार्ने पुरानै अडान दोहोर्‍याएको हो । सत्ता गठबन्धनमै मतभेद देखेको एमालेले एमसीसीबारे पहिले प्रष्ट हुन सुझाव दिएको छ ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले अमेरिकाले दिएको समयसीमाभित्रै एमसीसी संसदबाट पास गर्न दलहरुको सहयोग माग्नुभएको थियो ।

छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनपछि मात्र एमसीसी अघि बढाउन सुझाव दिनुभएको थियो । संसदमा पेस गर्नुपर्ने बाध्यतामा रहेको सरकारले एमालेलाई अवरोध हटाउन पनि आग्रह गरेको छ । तर, एमालेले पार्टीले कारबाही गरेका सांसदलाई पदमुक्त गर्नुपर्ने सर्त अघि सारेको छ।

स्थानीय तहको निर्वाचन मिति छिटो घोषणा गर्न पनि एमालेले सरकारसँग आग्रह गरेको छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट