टी–२० वरीयतामा नेपाल एक स्थान तल झर्यो

Cricket
प्रकाशित : :

काठमाण्डाै : आईसीसी टी–२० वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।

आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरीयता अनुसार नेपाल १३औँ स्थानमा छ । यसअघि नेपाल १२औँ स्थानमा थियो ।

ओमानमा सम्पन्न चार देशीय टी–२० श्रृङ्खलामा तीन खेलमध्ये नेपाल दुई खेलमा पराजित भएको थियो ।

नेपालले पहिलो खेलमा ओमानलाई ६ विकेटले हराएको थियो भने दोस्रो खेलमा यूएईसँग २५ रन र तेस्रो खेलमा आयरल्यान्डसँग १६ रनले पराजित भएको थियो । श्रृङ्खला जितेको यूएई १२औँ स्थानमा उक्लिएको छ ।

वरीयताको शीर्ष स्थानमा इङ्ग्ल्यान्ड, दोस्रोमा भारत, तेस्रोमा पाकिस्तान, चौथोमा न्युजिल्यान्ड, पाँचौँमा दक्षिण अफ्रिका रहेका छन् ।

चार देशीय श्रृङ्खलामा सहभागी आयरल्यान्ड १५औंँ तथा ओमान १८औँ स्थानमा छन्। आउँदो शुक्रवारदेखि सुरु हुने टी–२० विश्व कप छनोटको तयारी स्वरुप नेपाल, आयरल्यान्ड, यूएई र ओमानले ओमानमा चारदेशीय श्रृङ्खला खेलेका थिए ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट