धनगढी : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी ) बर्दगोरीया गाउँ कमिटीको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्र्चाज दीर्घ सोडारीको प्रमुख आतिथ्यतामा भएको प्रशिक्षण कार्यक्रममा पार्टीको आगामी रणनीति तथा सैद्धान्तीक विषयममा प्रशिक्षण गरीएको हो ।
प्रशिक्षण कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री दीर्घ सोडारीले सुदूरपश्चीममा पार्टी पहिलो बन्ने दावी गर्नु भयो । सोडारीले कैलाली जिल्लामा आफ्नै नेतृत्वमा पार्टीलाई पहिलो बनाएको भन्दै अव आउने चुनावमा समेत पार्टी पहिलो बन्ने विश्वास व्यक्त गर्नु भयो ।
बर्दगोरीया गाउँकमिटी अध्यक्ष लक्षिराम अधिकारीको अध्यक्षमा भएको कार्यक्रममा पार्टीका केन्द्रीय परिषद सदस्य कर्ण जैशी, जिल्ला अध्यक्ष भैरव रावल, जिल्ला उपाध्यक्ष विम जोशी, सचिव खडक रावत, उप सचिव द्धय बखत विष्ट, दीर्घ जोशी, प्रदेश कमिटी सदस्य दिल बहादुर विक र लोकराज तिमिल्सेनाले मन्तव्य राख्नु भएको थियो । नेपाल कम्युनिष्ट (एकीकृत समाजवादी ) कैलालीले जिल्ला भरी प्रशिक्षण कार्यक्रम चलाइरहेको छ ।