धनगढी : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी ओलीलाई संकेत गर्दे बामाले पार्टी एमसीसीमा न भाले न पोथी भएको आरोप लगाएका छन् । उनले ओली अवसर खोजेर बसेको अवसरबादी भएको पनि बताए ।
उनले यथास्थितिमा एमसीसीका पक्षमा आफूहरु नलाग्ने पनि बताए । एमसीसीका केही प्रावधान शंसोधन गरेर मात्र अघि बढ्न सकिन्छ बुधबार धनगढीमा आयोजित युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटीको कार्यक्रममा बोल्दै उनले अनुचित शर्त मानेर एमसीसी पास गर्न नहुँने बताए ।
उनले देश र विचार भन्दा ठूलो सरकार नहुने बताउदै कुनै पनि वेला पाँच दलको गठवन्धन भत्कन सक्ने बताए ।