धनगढी : नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा हरिराम चौधरी उत्सव निर्वाचित भएका छन् ।
नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिको पदाधिकारी टुंग्याउन आज निर्वाचन प्रक्रिया मार्फत भएको चुनाव गरीएको थियो। अध्यक्ष पदकालागि राष्ट्रियसभा सदस्य हरिराम चौधरी ‘उत्सव’ (कैलाली) र सुदूरपश्चिम सरकारका पर्यटन मन्त्री समेत रहेका मानबहादुर धामी (दार्चुला)ले उम्मेदवारी दिएका थिए।
जस अन्तरगत अध्यक्ष पदकालागि राष्ट्रियसभा सदस्य हरिराम चौधरी ‘उत्सव’ (कैलाली)ले जम्मा २१० मतगणनामा ११४ मत ल्याइ बिजयी भएका छन्। उनका प्रतिस्पर्धी सुदूरपश्चिम सरकारका पर्यटन मन्त्री समेत रहेका मानबहादुर धामी (दार्चुला)ले ९३ मत मात्रै पाए।














You must be logged in to post a comment.