काठमाडौं : सरकारले रात्रिकालीन व्यवसाय सञ्चालनमा लगाएको समयसीमा हटाएको छ। अब रात्रिकालीन व्यवसाय २४सै घण्टा सञ्चालन गर्न पाइने भएको छ।
रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने विषयमा अध्ययन गर्न गृहमन्त्री बालकृष्ण खाणले १४ सदस्यीय समिति बनाएका थिए। समितिले दिएको सुझावका आधारमा व्यवसाय खुला गर्ने निर्णय गरिएको गृह मन्त्रायले जनाएको छ।
समितिले शान्ति सुरक्षालगायतका विषयलाई अध्ययन गरेर २४सै घण्टा व्यवसाय खोल्न दिने सुझाव दिएको थियो। गृह मन्त्रालयले सबै जिल्लाका प्रहरी प्रशासनहरुलाई २४सै घण्टा व्यवसाय खोल्ने वातावरण बनाउन पत्रचार समेत गरिसकेको छ।
‘हामीले सबै जिल्लाका प्रहरी प्रशासनलाई व्यवसायीहरुको माग अनुसार २४सै घण्टा व्यवसाय खोल्न दिनु भनेका छौँ,’ गृह मन्त्रालयका एक उच्च अधिकारीले भने।
यसअघि प्रहरी प्रशासनले १० बजेपछि कुनै पनि रात्रिकालीन व्यवसाय सञ्चालन गर्न दिएको थिएन। –बिजमाण्डुबाट